काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासले डा. शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेकाे थियाे । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

