चितवन । पत्रकार रमेश कुमार पौडेल ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२३’बाट पुरस्कृत भएका छन् । एक्सपर्टको २०औं वार्षिकोत्सव समारोहको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा पौडेललाई नगद २५ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारीलगायतले दोसल्ला, नगद र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । वि।सं।२०३५ साल भदौं २२ गते चितवनको नारायणगढमा जन्मिएका पत्रकार पौडेलले २०५७ साल कात्तिकदेखि चितवन पोष्ट दैनिकबाट व्यावसायीक पत्रकारिता सुरु गरेका हुन् । २०६६ सालदेखि नागरिक दैनिकमा आवद्ध भएका पौडेल २०७४ साल फागुन यता भने कान्तिपुर दैनिकमा कार्यरत छन् ।
‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ का विजेतालाई पुरस्कार प्रदान एक्सपर्टको २०औं वार्षिकोत्सवको अवसरमा चितवन शाखाले आयोजना गरेको ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । वार्षिकोत्सव विशेष समारोहमा अवसरमा आज फुटसलका विजेता अर्किड कलेज भरतपुर, उपविजेता नारायणी बहुप्राविधिक विद्यालय भरतपुर र तृतीय स्थान हासिल गरेको एपेक्स कलेजलाई नगद, ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारी, चितवन जिल्ला फुटलब संघका अध्यक्ष श्रीकृष्ण कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । चितवनका ३२ वटा विद्यालय तथा कलेजहरुको सहभागिता रहेको प्रतियोगिता एक्सपर्ट चितवनको सहकार्यमा चितवन जिल्ला फुबल संघले आयोजना गरेको थियो ।
प्रतियोगिताको फाइनलमा अर्किडले एनपीआइलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो । रत्ननगरमा खुल्ला रक्तदान कार्यक्रम २०औं वार्षिकोत्सवको अवसरमा एक्सपर्ट रत्ननगर शाखाले मंगलबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । एक्सपर्ट कार्यालय बकुलहर चोक परिसरमा विहान भएको रक्तदान कार्यक्रममा कुल १३२ जनाले रक्तदान गरेको एक्सपर्ट बकुलहरकी मीना तिमिल्सनाले जानकारी दिइन् । रक्तदान कार्यक्रमको स्वस्ती वाचन गरेर समुद्घाटन गरिएको थियो ।

