चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण अबरुद्ध भएको सडक पहिरो पन्छाए संगै सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित जलबिरेमा पहिरो खस्दा दुईतर्फि सडक अबरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी बिजयराज पण्डितका अनुसार आज दिउँसो २ः३५ वजे पहिरो खसी अबरुद्ध सडक पहिरो पन्छाए संगै ४ वजेबाट सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आए संगै रोकीएका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् ।
यस सडक खण्डमा बर्षातका समयमा पटक–पटक पहिरो खस्दै आएको छ ।

