चितवन। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले फेला पारेको १५ वटा मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ । सूचना संकलन शाखाका विभिन्न मितिमा मोवाईल चोरी तथा हराएको भनि निवेदन प्राप्त आधारमा उक्त फेला पारिएको १५ वटा मोबाइल सम्बन्धित धनीलाई प्रहरीले बुझाएको हो ।
काठमाडौं स्थित भोटाहिटीमा नेपाल प्रहरीको साईवर ब्युरो नामक छुट्टै बिभाग खडा गरी खोजतलासका क्रममा विभिन्न स्थानबाट उक्त मोबाइलहरु फेला पारिएको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
मोवाईल फोनका राम्रा र नराम्रा पक्षका बारेमा सम्पूर्ण जन-समुदायलाई सुचित गरी बिना IME नं का मोवाईल बोक्न नहुने डिएसपी खड्काको भनाईछ । भेट्टाएको मोवाईल फोन चलाउदा दुर्घटनामा पर्ने जस्ता नैतीक शिक्षाका ज्ञानहरू सर्बसाधारणमा फैलाउन आवश्यक रहेको उनले बताए ।
प्रहरीले कबिता आचार्य,विपीन भट्ट, अवि अधिकारी,कृष्ण बहादुर लामा,सरोज ठाकुर,सृष्टी रिमाल,रमेश चौधरी, प्रेम ढकाल, सन्तोष खत्री क्षेत्री, विरेन्द्र महतो,जेनिस अधिकारी,सानु क्षेत्री,सिताराम पोख्रेल,अमृता धमला र रुपा अधिकारीलाई मोबाइल हस्तान्तरण गरेको हो ।
यसअधि चैत्र ९ गते १९ वटा र जेठ २२ गते १० वटा मोबाईल सम्बन्धित धनीलाई बुझाएको प्रहरी निरिक्षक शुकदेव पौडेलले जानकारी दिए ।

