चितवन। चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटोमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा खस्दा ३ घाइते भएका छन ।
माडीबाट भरतपूरतर्फ आउदै गरेको निकुञ्ज भित्रको बाटोमा गुडिरहेको मोटरसाइकल माथी सुकेको रुखको हाँगा खसेको हो ।
रुखको हाँगाले लागेर धादिङ घर भएका मोटरसाइकल चालक ४० वर्षिय नरबहादुर सिलवाल, भरतपूर १० वर्षिय सारिका कुँवर र ३६ वर्षिय किरन सिलवाल घाइते हुनुभएको हो । घाइतेहरुको काेखा र पाखुरामा चोट लागेको र प्रहरीको सहयोगमा भरतपूर अस्पताल लगिएको छ ।

