चितवन । पहिरो खसेका कारण बिहानैदेखि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भनेर केही सञ्चारमाध्यममा आएको भनेपनि उक्त सडक अवरुद्ध नभएको मुग्लिन प्रहरीले जनाएको छ । मुग्लिन–नारायणगढ सडकको साईट सुपरभाईजर इश्वर क्षेत्रीले दिएको जानकारी अनुसार पहिरो खसेको भनिएको कालिखोलामा सामान्य ढुङ्गा खसेको तर उक्त ढुङ्गा पनि हटाईसकिएको छ ।
यद्यपी मुग्लिन–नारायणगढ सडक खण्डको क्षेत्रमा वर्षा जारी रहेकोले ढुङ्गा खस्ने जोखिम यथावत रहेकोले होसीयारी अपनाएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

