चितवन । भरतपुर महानगरपालिकाको वडा नं ४, ७ र ८ का विभिन्न स्थानमा आज पनि विद्युत अवरुद्ध भएको छ । हाकिमचोकदेखि बुद्धचोक खण्डका विद्युतका पोल सार्नुपर्ने भएकाले बिहान ६ बजेदेखि १२ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका अनुसार बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, सृजना चोक, बुद्धचोक, क्यान्सर १ नम्बर गेट अगाडि एरिया, पिस जोन स्कुल एरिया, कटहरचोक, पिपलचोक र सनराईज स्कुल एरियामा विद्युत अवरुद्ध हुने छ ।
विद्युत पोल स्थानान्तरण गर्न हस्पिटल फिडर र भरतपुर १ फिडर सटडाउन गरिएकाले उक्त स्थानमा विद्युत अवरुद्ध भएको हो । तोकिएको समयअगाडि नै काम सम्पन्न भए दिउँसो १२ बजेभन्दा अगाडि नै लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

