चितवन । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघमा आवद्ध महिला उद्यमीहरू विभिन्न उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन भ्रमण सुरु भएको छ ।
८ देखि १० गते सम्म मकवानपुर, सिन्धुली, ओखलढुङ्गा, खोटाङ र धनुषा जिल्लाका विभिन्न उद्योग वाणिज्य संघका महिला उद्यमीहरूसँग भेटघाट तथा छलफलका साथै त्यहाका धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको अध्ययन अवलोकन गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको हो ।
भ्रमणमा सहभागी महिला उद्यमीहरूलाई विदाई गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमणले अन्य उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरू संंग मित्रता बढ्नुका साथै आवश्यकता र अनुभव साटासाट गर्न भ्रमणले मद्दत पुग्ने बताए । भ्रमणको सफलताको शुभकामना दिदै उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले भम्रणले महिला उद्यमीहरूको उद्यमशिलता विकास, सहकार्य एवं अनुभव आदान प्रदानमा गर्नमा सहयोग पुग्ने बताए ।
उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास समितिको संयोजक पूर्णिमा श्रेष्ठको नेतृत्वमा संघका कार्यसमिति सदस्य रजनी मास्के, योगीता पिया, दिपा शाही, सुनिता कर्माचार्य, संघका कर्मचारी शर्मिला विष्ट, संघमा आवद्ध महिला उद्यमी गरी १९ जनाको टोली गएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । भम्रण टोलीको विदाई कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष सहनलाल प्रधान, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, तृतीय उपाध्यक्ष सिरिष पन्त, कार्यसमिति सदस्य एवं राष्ट्रिय एवं अन्तराष्ट्रिय अध्ययन अवलोकन भ्रमण समितिका संयोजक राजन पिया, संघका कार्यकारी निर्देशक निलबहादुर के.सी को उपस्थिति रहेको थियो ।

