चितवन। चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने र रामप्रसाद न्यौपाने उपनिर्वाचनमा मताधिकार प्रयोग गर्नबाट बञ्चित भएका छन् । उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदा उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नरहेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।
रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

