चितवन । चितवनको रत्ननगर नगरपालिकाका एक युवाले आज आइतवार आत्महत्याका प्रयास गरेका छन् । रत्ननगर १ सौराहाचोकमा रहेको होटल रिदमको कोठा नं २०१ मा रत्ननगर १० पर्सौनी निवासी कृष्ण पौडेल आत्महत्याको प्रयास गरेका हुन्। उनलाइ रत्ननगर नगरपालिकाले उद्दार गरी ज्यान जोगाउन सफल भएको हो ।
पौडेलले सुसाइट नोट लेखी रत्ननगरका मेयर प्रल्हाद सापकोटालाई आफुले आत्महत्या गर्न लागेको भन्दै फोन गरेका थिए । पौडेलले फोन गरेको पाँच मिनेटमै मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक सहित वडाध्यक्षहरु र नगर प्रहरीको टोली होटलमा पुगेर आत्महत्या गर्नबाट रोकेका थिए । “फोन गरेको पाँच मिनेटमै होटलमा पुगेर पौडेलको ज्यान जोगाउन सफल भयौं” मेयर सापकोटाले भने “सुुसाइट नोटमा पौडेलले लेखेको विषयलाई आधार बनाएर उनलाई न्याय दिन स्थानीय सरकार लाग्ने छ” ।
आफुले विश्वास गरेर बुबाको नामको जग्गा पास गरिदिएका दाईहरुबाट आफुलाई विश्वास घात भएको पौडेलले सुसाइट नोटमा लेखेका छन् ।
उनले रामप्रसाद पौडेल(ओम शान्ति) , सुर्दशन आचार्य, विनोद पौडेल, रामशरण नेपालबाट आफुले धोका पाएको उल्लेख गरेका छन् । व्यवहार विग्रिएपछि दाजुभाई, आफ्न्तहरुसंग सम्बन्ध विग्रिएको र श्रीमतिले समेत सम्बन्ध बिच्छेद्को माग गरेपछि आफु आत्महत्या गर्ने निर्णयमा पुगेको पौडेलले सुसाइट नोटमा लेखेका छन् ।


