चितवन। नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले चितवनमा नवटिकटक कलाकारले क्षणमै ३ हजारदेखि ३६ सयसम्म कमाउने व्यङ्ग्य गरेका छन्।
पछिल्लो समय वैशाख १० गते हुने उपनिर्वाचनका लागि टिकटकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको राम्रो माहोल देखिन्छ। उक्त माहोल पैसा दिएर बनाइएको व्यङ्ग्य गर्दै उनले यस्तो बताएका हुन्। बाँस्कोटाले उडनतस्तरीका लागि डाइरेक्टर राखेर टिकटक बनाइएको व्यङ्ग्य गरेका छन्, तर उनले कसैको नाम भने उल्लेख गरेका छैनन्।
उउनले उडनतस्तरीका लागि डाइरेक्टर राखेर टिकटक बनाउने नवकलाकारले ३ हजारदेखि ३६ समयसम्म पारिश्रमिक पाउने गरेको बताए। यसका लागि उमेर हद नभएको र दश दिनलाई काम मारामार हुने उनले बताएका छन्।
‘चितवनतिर उडनतस्तरीको लागि डाइरेक्टर राखेर टिकटक बनाउन तयार जो कोही नव टिकटक कलाकारले ठाउॅंका ठाउॅं ३ हजार-३६ सयसम्म पारिश्रमिक पाउने रहेछ,’ ट्विटरमा उनले भनेका छन्, ‘दश दिनलाई काम मारामार। उमेर हद छैन रछ गाईच!’

