चितवन। भरतपुर महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमारा रानाले संयुक्त रुपमा जिल्ला ट्रफिक प्रमुख राजकुमार तामाङलाई हस्तान्तरण गर्नुभयो । हस्तारण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ट्रफिक सामाग्रीको उचित प्रयोग गरी महानगरको ट्रफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त पार्न अनुरोध गर्नुभयो ।
प्रमुख दाहालले आगामी वर्षहरुमा महानगरबाट यस्ता सहयोग भई राख्ने पनि बताउनुभयो ।
भरतपुरको ट्राफिक व्यवस्थापनको लागि ब्रेथलाईजर २ थान, बडी ओर्न क्यामेरा १ थान, ट्रफिक कोन २५ सेट, ह्वाईल लक सानो २४ पिस र ठूलो ८ पिस हस्तान्तरण गरिएको महानगरका आन्तरिक व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

