चितवन। विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनलाई विद्यार्थीको हकहित र समस्या समाधान गर्ने एउटा साझा मञ्चको रुपमा प्रयोग गर्दै आएका छन् । यसको आफ्नै एतिहासिक पृष्ठभूमि छ । यसले हिजो पञ्चायती व्यवस्थाका विरुद्धमा समेत लडेको आफ्नै गरिमामय इतिहास छ ! केही समय अघि नेपालभरका कयौं क्याम्पसमा स्ववियू निर्वाचन सम्पन्न भैसकेको छ । सो क्याम्पसहरुमा अब विद्यार्थीका समस्यालाई साथ दिने विद्यार्थीबाटै चुनिएका सारथी छन् । तर, त्रिभुवन विश्वविद्यालय कृषि र पशु बिज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस खैरहनी चितवनमा स्ववियू चुनाव सम्पन्न हुन सकेको छैन । हामी अझै सारथी विहिन छौं ।
यसले विद्यार्थी जगत र शैक्षिक परिपाटीमा पटक–पटक अन्यौल संगै आम विद्यार्थीहरु माझ राजनिती प्रति वितृष्णा निरासा उत्पन्न मात्रै होइन विद्यार्थीको अधिकारमाथि हस्तक्षेप समेत गरेको छ । अहिले रामपुर क्याम्पस खैरहनीमा नेपाल विद्यार्थी संघले स्ववियू निर्वाचनमा असहयोग गरिरहेको छ । बिनाकारण क्याम्पसमा गरिएको तालाबन्दीले क्याम्पसको ढोकामात्रै होइन विद्यार्थी साथीहरुको अधिकारलाई समेत बन्द गरेको छ । मूलधारको राजनीतिको नर्सरीको रुपमा चित्रण गरिएको विद्यार्थी राजनीतिले भविष्यमा सम्रग नेपालको राजनीतिक भविष्य दर्शाउँछ । निर्वाचनलाई आफू अनुकूल बनाउन गरिएको नेविसंघको यस्तो हर्कतले विद्यार्थीको अधिकारमात्र होइन सम्रग लोकतान्त्रीक प्रणालीलाई खुला चुनैती दिएको छ । निर्वाचन खुला, स्वतन्त्र र निष्पक्ष ढंगबाट लड्नका लागि हुन्छ । निर्वाचनको अन्त्य मतबाट हुन्छ । तालाबन्दीले निर्वाचन जित्न सकिन्न । आफूभित्रको अहंकार, घण्मडलाई फालेर विद्याथीको साथ र भरोसालाई आफूभित्र भरेर निर्वाचनमा आउन म नेविसंघलाई आग्रह गर्छु । अन्यथा शिक्षित, विवेकशिल, उर्जाशील अनि भविष्यमा देशले आशा गरेको विद्यार्थी वर्गले निर्वाचनको बहानामा शैक्षिक जगतलाई नै आतंकित र फोहोरी तुल्याउने कुकर्म आफैमा खेदजनक छ ।
अहिले रामपुर क्याम्पस खैरहनीमा नेपाल विद्यार्थी संघले स्ववियू निर्वाचनमा असहयोग गरिरहेको छ । बिनाकारण क्याम्पसमा गरिएको तालाबन्दीले क्याम्पसको ढोकामात्रै होइन विद्यार्थी साथीहरुको अधिकारलाई समेत बन्द गरेको छ ।
हाल रामपुर कृषि क्याम्पसमा म अध्ययन गरिरहदा पनि विद्यार्थी संगठनका नेतृत्वदायी व्यक्तिहरु पार्टीका जुलुश ,सभा समारोहमा म जस्तै कैयौं विद्यार्थीहरु जम्मा गरेर उहाँहरु आफ्नो पार्टीको अहम र दम्भ पूरा गर्ने प्रयत्न संगै युवाहरुको शैक्षिक अधिकार माथि प्रहार गरेर पार्टीको स्वार्थ पूरा गर्ने खेल खेल्दा रहेछन भन्ने सामान्य सत्य बुझ्न र चाल पाउन मलाई ३ बर्ष लाग्यो । फेरि पनि बुझदै छु, सिक्दै छु । यसर्थ पनि २०७९ फागुन महिनाका लागी तय गरिएको मिती नजिकीए संगै ( स्ववियु) निर्वाचनमा आम विवेकशील , निर्वाचन , परिवर्तन प्रेमी विद्यार्थी साथिहरु संयमित , सावधान र स्वविवेकी हुनु अपरिहार्य ठान्दछु । हाम्रो जस्तो मुलुकमा विद्यार्थीको दलिय समूह बनाई पार्टीले निर्दोष विद्यार्थीहरु बीच अनावश्यक अस्वाभाविक भिडन्त गराउनु कुनै नौलो कुरा होइन ।
केहि विद्यार्थी अगुवा साथीहरुले आफ्नो सुन्दर भाग्य र भविष्यको नविन सपना बोकी विश्वविद्यालय प्रवेश गरेका अध्ययनमा इमान्दार , जेहेन्दार , लगनशील र राजनैतिक पूर्वाग्रहबाट मुक्त विद्यार्थीहरुलाई विभिन्न किसिमका लोभ , लालच , प्रलोभन , डर , धम्की , त्रास वा राजनैतिक प्रभावमा पार्ने व्यवहारको घोर निन्दा गर्दै विद्यार्थी – विद्यार्थीहरु माझ भावनात्मक एकता जुटाई भाईचारामा बढाउने कार्यमा अग्रसर हुन म अनुरोध गर्दछु ।
अन्त्यमा सम्पूर्ण विद्याथी साथीहरुलाई अत्यन्तै उत्साह जनक रुपमा यस शैक्षिक संस्थामा क्रियाशिल भई स्ववियु निर्वाचनमा जुट्न म अत्यन्तै हार्दिकताका साथ अनुरोध गर्दै व्यापक विद्यार्थीहरुको सहभागितामा निर्धारित मितिमै खुशियालीका साथ सहज , सुखद अनि रमाइलो वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा म ढुक्क छु ।
नेपाल को राजनीतिक र सामाजिक व्यवस्था बदलिए पनि त्रिभुवन बिश्वबिद्यालय रामपुर क्याम्पसको अवस्था अझै वदलिएको छैन । कृषि जस्तो संवेदनशिल बिषय एउटा टेक्निकल क्षेत्रमा पनि बन्द कोठामा बसेर पढ्न बाध्य भएका हामी कयौं बिद्यार्थी को सपना कहिले साकार हुन सकेन । नयाँ राजनीतिक एवं सामाजिक व्यवस्था र पुरानो अर्थव्यवस्था, संस्थागत संरचना, नोकर शाही कर्मचारीतन्त्र र भ्रष्ट सामाजिक नेतृत्वको कारण यस्तो हुनगएको हो भन्ने मेरो ठहर छ । यो अवस्थालाई बदल्न फेरी पनि नेपालको विद्यार्थी आन्दोलनले नै महत्वपुर्ण भुमिका खेल्न सक्छ र त्यसको नेतृत्व हामिले गर्न सक्छौ । त्यसको निम्ति सर्वप्रथम अस्थव्यस्त. दिशाहिन परम्परावादी र उदेक लाग्दा ज्ञान उत्पादनका केन्द्रहरु हाम्रा विश्वविद्यालयहरूको व्यापक रूपान्तरण जरूरी छ । जुन तपाई हाम्रो संघारमा आईपुगेको स्ववियु निर्वाचन मार्फत मात्र संभव छ ।
२०७३ सालमा खैरहनी नगपालिकामा स्थानान्तरण भएको रामपुर क्याम्पस तीन चार ओटा साना चार कोठा भवनमा सीमित छ । क्याम्पसको आफ्नो स्थायी जग्गा, भवन छैन र यही कमीकमजोरीलाई सुधार गर्न हिँडेका विद्यार्थी संगठद्वारा आजका दिन अतिआवश्यक मानिएको स्वविूुको महत्व बुझ्दा बुझ्दै पनि हारको मानसिकताले क्याम्पसमा तालाबन्दी गरेर स्ववियु रोक्ने प्रयत्न गरेका छन् । तसर्थ, निर्वाचनबाट भागेर कहिल्यै जित हुदैन । निर्वाचनको सामना गर्ने हिम्मत गर्नुनै विजयीको सुरुवात हो । सबै विद्यार्थी संगठनले एक अर्काको अस्तिव स्वकार्य सम्रग विद्यार्थीको जित हुन्छ ।
(लेखक रामपुर क्याम्पस खैरहनीका विद्यार्थी हुन् ।)

