चितवन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तरगत माडी क्याम्पसको अध्यक्ष पदमा अनेरास्ववियुका राकेश चौधरी बिजयी हुनुभएको छ । चौधरीले ११९ मत पाउँदा संयुक्त बिद्यार्थी सङ्गठन अन्तरगत अखिल क्रान्तिकारीका रबि भुर्तेलले १०३ मत पाउनुभयो । अध्यक्षमा ६ मत बदर भएको थियो ।
तेसैगरी सचिव पदमा अनेरास्ववियु प्यानलका स्वतन्त्र उम्मेदवार बिकास ओझा बिजयी हुनुभएको छ ।ओझाले ११७ मत पाउँदा संयुक्त बिद्यार्थी सङ्गठनका विकास (भरत) ढकालले १०१ मत पाउनुभयो । सचिवमा पनि ६ मत बदर भएको थियो ।

तेस्तै कोषाध्यक्ष पदमा संयुक्त विद्यार्थी प्यानल अन्तरगत अखिल (क्रान्तिकारी)का सन्ध्या लामिछाने निर्वाचित हुनुभएको छ ।लामिछानेले १२९ मत पाउँदा अनेरास्वबियु प्यालनका उम्मेदवार सुमन रानाभाटले ८५ मत मात्रै पाउनुभयो । कोषाध्यक्षमा ३ मत बदर भएको थियो ।

सदस्य पदहरुमा अनेरास्वबियुका ३ र संयुक्त विद्यार्थी सङ्गठनका २ जना निर्वाचित भएका छन् । सदस्यतर्फ संयुक्त विद्यार्थी सङ्गठनका अनिता अधिकारी (११९ मत) र सुरज लामिछाने (१०७ मत) तथा अनेरास्वबियुका सुजिता अधिकारी (११७ मत), मदन पौडेल (११४ मत) र ममता बरुवाल (१०३ मत) बिजयी हुनुभएको छ ।
समानुपातिकतर्फको मतगणना जारी रहेको र केहि समयपछि त्यसको अन्तिम नतिजा सार्वजनिक हुने माडी क्याम्पसका निर्वाचन अधिकृत तोयनाथ तिवारीले जानकारी दिनुभयो ।

