चितवन। वाईसीएल नेपाल चितवनले ६७ औ शहिद दिवसको अवसर पारेर १५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
वाईसीएल चितवनले भरतपुर – २९ को राष्टिय आधारभुत विद्यालय फेवाटार, राष्टिय आधारभुत विद्यालय तान्द्रागं, राष्टिय आधारभुत विद्यालय भर्लागं र राष्टिय आधारभुत विद्यालय कुसुमटार गरी ४ वटा विद्यालयमा न्यानो कपडा वितरण गरेको हो।
न्यानो कपडा वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल अविनास , माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, भरतपुर महानगर अध्यक्ष तथा वाग्मती प्रदेश सांसद ईश्वर सापकोटा सुमन , भरतपुर महानगरका सह–सचिव प्रकाश कडेल, वाईसीएलका केन्द्रिय कोषाध्यक्ष सन्तोष पनेरु,मनोज थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक एवं वाईसीएल चितवनका संयोजक कमल कडेलले कार्यक्रमको संयोजन गरेका थिए ।









