चितवन। मुद्रण संघ चितवनमा सन्दिप सुवेदी निर्वाचित भएका छन् । संघको २१;औं साधारणसभा तथा १४ औं अधिवेशनबाट सुवेदी शनिबार सर्वसम्मत निर्विरोध अध्यक्ष पदमा चयन भएका हुन् ।सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको छ ।
अधिवेशनबाट उपाध्यक्ष पदमा रविन मिश्र, सचिव पदमा उत्तम अर्याल, सहसचिव पदमा सरोजबाबु घिमिरे, कोषाध्यक्ष पदमा राजाराम त्रिपाठी र सहकोषाध्यक्ष पदमा सुजन अर्याल चयन भएका हुन् ।यस्तैगरी सदस्यहरुमा पुरन थापा मगर, डिलाराम ढकाल, भविश्वर पाण्डे, महेन्द्र अधिकारी र शिवराज सुबेदी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले मुद्रण सम्बन्धी व्यवसायमा भएका चर्को अस्वस्थ प्रतिस्पर्धालाई उचित मूल्य निर्धारण गरी कार्यान्वयनमा ल्याउने बताए । गैह्र सदस्यहरुलाई पनि संघमा आवद्ध गरी मूल्यमा एकरुपता ल्याउने उनको भनाइ छ । कार्यक्रम मुद्रण संघ चितवनका अध्यक्ष उपकार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

