चितवन। चितवनमा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान १० : १५ बजेको समयमा चितवन रत्ननगर नगरपालिका ८ चित्रसारी मन्दिर नजिकै बागमाराबाट चित्रसारी तर्फ आउदै गरेका सोही ठाँउका ४८ बर्षिय सुन बहादुर लोप्चनको मृत्यु भएको हो ।
उनी साईकलबाट आफै लडि बेहोस भई घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता एवम् डिएसपी बिजय राज पण्डितले बताए ।

