चितवन । संघीय पर्यटनमन्त्री सुदन किरातीले माडीको रेडहिल पार्कदेखि छरछरेसम्म जिपलाइन निर्माण गर्ने योजना रेडबुकमा समेट्ने आश्वासन दिनुभएको छ ।
उच्चस्तरीय भेटका लागि राजधानी पुगेको माडीको प्रतिनिधी मण्डलसंगको भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले आगामी महिना प्रकाशित हुने रातो किताबमा माडीको जिपलाइन योजना समेट्ने आश्वासन दिनुभएको हो ।
प्रदेश सांसद ठाकुर ढकालले नेपालकै १०० उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको सुचीमा रहेको सोमेश्वर क्षेत्रको थप विकासका लागि जिपलाइन महत्वपूणर् हुने ब्रिफिङ गर्नुभएसंगै मन्त्रीबाट सो आश्वासन मिलेको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आलेले जनाउनुभयो ।

