काठमाडाैं। उपसभामुख इन्दिरा रानाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यो घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।


