चितवन । डिभिजन वन कार्यालय चितवन र सशस्त्र वन सुरक्षा पोस्ट भरतपुर–१६, झनझनेबाट खटिएको वन कर्मचारीको टोलीले आज भरतपुर–४, नगर वन क्षेत्रबाट अवैध सिसौका गोलिया काठसहित बोलेरो जिपलाई नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश–०३–००१ च १०४८ नम्बरको बोलेरो जिपमा लोड गरिएको ८६.२४ क्युफिट अवैध सिसौको गोलिया काठ नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।
जिपमा सवार व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य तीव्र पारिएको वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको जिपलाई वन ऐन २०७६ तथा वन नियमावली २०७९ बमोजिम कानुनी कारबाहीका लागि अनुसन्धान जारी रहेको सो कार्यालयले जनाएको छ ।

