काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
माओवादीबाट सुदन किराँती पर्यटनमन्त्री बन्ने पक्का भएको छ । यसैबारे किराँतीले आफ्ना बुवासँगको वार्तालाप साझा गरेका छन्। अस्पतालमा उपचाररत बुवासँग भेटेको तस्बिर सामाजिक सञ्जालमा राख्दै किराँतीले ‘डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी’ सार्वजनिक गरेका हुन्।
आफूले मन्त्री बनेको खबर बुवालाई सुनाउँदा सपना हो कि विपना होरु भनेर सोधेको सुदनले उल्लेख गरेका छन्। ‘हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ? मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?’ बुवाले भनेका छन् ।
उनका बुवाले सोधेको प्रश्नसहित जवाफमा किँरातीले भनेका छन्, ‘हो बुवा साँच्चै हो बिपना नै हो।’ बुवाले आफूलाई सुझाव दिएको किराँतीले बताएका छन्।

