चितवन । पूर्वी चितवनको पिप्लेमा जारी राप्ती फुटबल कपको बिहीबार भएको खेलमा भरतपुर फुटबल क्लब विजयी भएको छ ।
भरतपुरले हेटौँडा फुटबल एकाडेमीलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलमा भरतपुर फुटबल क्लबका राज भुसाल म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार रोडस क्लब रामपुर र २८ बिगाह फुटबल क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक चिरन पाठकले जानकारी दिए ।
पिप्ले युवा समाजको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।
राप्ती कप फुटबल : भरतपुरसँग हेटौँडा पराजित
राप्ती कप फुटबल : भरतपुरसँग हेटौँडा पराजित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

