चितवन। खैरहनी नगरपालिका–१ मा रहेको कंकाली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाजसेबी एबम ब्यबसायी ज्ञानबहादुर विसुराल चयन भएका छन् ।
अभिभावक भेलाबाट निर्विरोध निर्वाचित भएका सदस्यहरुले विसुराललाई अध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेका हुन् । समितिका सदस्यहरुमा एकनारायण ढकाल, उद्धवप्रसाद खतिवडा, रिता पुरी महतो, गंगा थापा पोखरेल, सीता चौधरी, वडाध्यक्ष नवराज भुसाल र सदस्य–सचिव अन्जना आचार्य रहेका छन् ।

