चितवन। चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा बिद्या कोइराला निर्वाचित भएकी छन। शनिबार भरतपुरमा सम्पन्न संघको २३ औं साधारण सभाबाट ९३ मतका साथ कोइराला निर्वाचित भएकी हुन। उनका प्रतिस्पर्धी राजाराम पौडेलले ८७ मत प्राप्त गरेका थिए ।
यस्तै संघको उपाध्यक्षमा १०३ मत ल्याएर इश्वरी शर्मा बिजयी बन्दा उनका प्रतिस्पर्धी आनन्द पान्डेयले ७२ मत प्राप्त गरे। सचिबमा सुदिप रेग्मीले १०२ मत्ल्याएर बिजयी बन्दा प्रतिस्पर्धी किशोर गुरुङले ८० मत ल्याउन सफल भए । १०० मत ल्याएर कोषाध्यक्षमा गोबिन्द प्रसाद भट्टराई निर्वाचित भए भने उनका प्रतिस्पर्धी रामेश्वर पोखरेलले ८१ मत प्राप्त गरे। सह सचिबमा ऋतु गिरिले १०१ मत प्राप्त गर्दै बिजयी बन्दा प्रतिस्पर्धी प्रमिला कुमारी ढकालले ७८ मत ल्याउन सफल भइन।
सदस्यहरुमा नारायण प्रसाद कंडेल( १०३) ,आरती पन्त (९२),मन्जु भट्ट पान्डे (१०५),सानुमाया थापा (८९),प्रभु प्रसाद महतो (९५) र पवन श्रेष्ठ (९३) मतका साथ बिजयी भएका छन् ।
यस्तै संघको लेखा सुपरिवेक्षण सिमितिको संयोजकमा मिन प्रसाद सुबेदी ८४, र सदस्यहरुमा बिष्णु माया पान्डे ९३ र भोजराज पौडेल ९२ मत ल्याएर निर्वाचित भए । निर्वाचनमा कुल १८२ जना सहभागी थिए।

