चितवन। शनिबार भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी भरतपुरमा भएका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु भयो ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ९ औ साधारणसभा,नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ चितवनको १४ औ बार्षिक साधारणसभा तथा ७ औ अधिबेशन, भरतपुर २ क्षेत्रपुरमा रहेको शेषलक्ष्मीनारायण मन्दिरको ५ औ अधिबेशन,चितवन चनौली शीत भण्डार सहकारी सस्थाको १० औ बार्षिक साधारणसभा लगाएतका अन्य थुप्रै कार्यक्रमहरुमा उप प्रमुख अधिकारीले सहभागिता जनाउनु भयो ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ९ औ साधारणसभालाई सम्बोधन गर्नु हुँदै उप प्रमुख अधिकारीले चितवनको बिकासमा वैदेशिक रोजगारिमा गएर फर्केका चितवनेहरुको योगदान रहेको बताउनु भयो । भरतपुरको मात्र नभई चितवन जिल्ला कै बिकासमा चितवने प्रवासीहरुको महत्त्वपूर्ण भुमिका रहेको उप प्रमुखको भनाइ छ । बिगतका बिकास निर्माणका काम र हाल भइ रहेका बिकास निर्माणका कामहरुमा उहाँहरुको भुमिका अतुलनीय छ उप प्रमुखले भन्नू भयो,उहाँहरुकै रगत पसिना बाट आएको रेमिटान्सबाट चितवनको अर्थतन्त्र मजबुत भएकोमा कुनै शका छैन । उप प्रमुख अधिकारीले सस्थाको भवन निर्माणका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
वैदेशिक रोजगारीमा गएर फर्कनेहरुका लागि भरतपुर महानगरले सामी कार्यक्रम लागू गरिरहेको छ । यसका साथै महानगरले बिदेशबाट फर्केर आउने नागरिकहरुका लागि भन्दै लगत सकलन कार्य पनि गरिरहेको छ ।
कार्यक्रममा सस्थाले क्यान्सर पीडित जितरानी थरुनी तथा अग्नि पिडित बालक रुद्र महतोलाइ ३० हजार रुपैयाँ बराबरको चेक (सहयोग) हस्तान्तरण पनि गरेको छ ।
त्यस्तै नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ चितवनको १४ औ बार्षिक साधारणसभा तथा ७ औ अधिबेशनमा आफ्नो धारणा राख्नु हुँदै उप प्रमुख अधिकारीले भरतपुर महानगर देशकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्नेमा कुनै शका नरहेको प्रष्ट पार्नु भयो । साथै उहाँले काठमाडौ पछिको शैक्षिक गन्तव्य अब भरतपुर हुनुपर्छ भन्ने हेतुले महानगरले तिब्ररुपमा काम गरिरहेको पनि बताउनु भयो ।
यसैबीच उप प्रमुख अधिकारीले भरतपुरमा रहेका धार्मिक क्षेत्रहरुको पहिचान झल्कने गरि महानगरले काम अगाडि बढाएको बताउनु भएको छ । भरतपुर २ क्षेत्रपुरमा रहेको शेषलक्ष्मीनारायण मन्दिरको ५ औ अधिबेशनलाइ उद्वघाटन गर्दै उप प्रमुखले धार्मिक क्षेत्र तथा मठ मन्दिरहरु असाहाय तथा बृद्ध बृद्वाहरुको आश्रय स्थल भएको स्मरण गर्दै त्यस्ता क्षेत्रहरुको सरक्षण गर्नु आजको आबश्यकता भएको टिप्पणी गर्नु भयो ।
यस्तै चितवन चनौली शीत भण्डार सहकारी सस्थाको १० औ बार्षिक साधारणसभामा आफ्नो बिचार राख्दै उप प्रमुख अधिकारीले शीत भण्डार स्थापना भएदेखि यस क्षेत्रको कृषिले नसोचेको फड्को मारेको बताउनु भयो । यो शीत भण्डार अर्थतन्त्रको एक हिस्सा हो उप प्रमुखले भन्नू भयो, पश्चिम चितवनलाई कृषि र उत्पादन सग जोड्ने लक्ष्य लिएको महानगरको नितिलाइ यसले सहयोग गर्ने छ ।

