काठमाडाैं। देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेकाले देशका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहनेछ ।
आज शनिबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । विभागकाअनुसार आज विहानदेखि तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले त्यहाँको जनजीवन प्रभावित हुनेछ । चिसो बढ्ने हुनाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
त्यस्तै, भोलि आइतबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ । तराईमा बाक्लो कुहिरो लाग्नेक्रम जारी रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ ।
सोहीअनुसार पुस २५ गते सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने छ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुनेछ । तराईमा लाग्ने बाक्लो कुहिरोका कारण चिसो बढ्ने र हवाई उडान समेत प्रभावित हुने विभागले जनाएको छ । चिसो बढ्नेक्रम नरोकिएकाले चिसोबाट बच्न सावधानी अपनाउन आग्रह विभागको छ ।

