चितवन । पूर्वी चितवनमा एक युवक मृत अवस्थामा फेला परेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित हिम शिखर पोल्ट्री फार्मभित्र आज बिहान एक युवक मृत अवस्थामा फेला परेका हुन् ।
रत्ननगर नगरपालिका वडा नम्बर १४ निवासी ३१ वर्षिय विश्व परियार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक परियारलाई यसअघि विभिन्न स्थानमा तारहरु तथा तामाको भाडा चोरी गरेको आरोपमा सर्वसाधारणहरुले प्रहरीकोमा बुझाएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

