चितवन । कालिका नगरपालिका वडा नं १० देउजरमा रहेको आधारभूत राष्ट्रिय प्राथमिक विद्यालय देउजरमा अध्यायन गर्ने चेपाङ समुदायका विद्यार्थीहरुलाई लायन्स क्लवद्धारा न्यानो कपडा सहित स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।
लायन्स क्लव अफ रत्ननगर मिड नेपाल, लायन्स क्लव अफ रत्ननगर समृद्धि र लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याले सयुक्त रुपमा विद्यालयका ५२ जना विद्यार्थीलाई न्यानो कपडा सहित सामाग्री वितरण गरेको लायन्स क्लव अफ रत्ननगर मिड नेपालका सचिव शंकर पौडेल जानकारी दिए ।
७० हजार बराबरको न्यानो कपडा, स्टेशनरी र खेलकुदका सामाग्री वितरण गरिएको उनले जानकारी दिए । लायन्स क्लव अफ रत्ननगर मिड नेपालका दीपेन्द्र शर्मा, सुरेशजंग पाण्डे, टुकानाथ आचार्य, आशिष चापागाईँ,समृद्धिकी विन्दु घिमिरे र पञ्चकन्याका सुवास पोखरेलले आर्थिक सहयोग गरेका थिए ।
लायन्स क्लवका कलष्टर २ का चिफ ओमलाल सापकोट प्रमुख अतिथि रहेको सो कार्यक्रममा लायन्स क्लव अफ रत्ननगर मिड नेपालका अध्यक्ष सुमन सुवेदी (दिलीप) र समृद्धिकी अध्यक्ष बिन्दु घिमिरको अध्यक्षतामा कार्यक्रम भएको थियो । मिड नेपालका सचिव पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका अध्यक्ष धनबीर प्रजा स्वागत तथा विद्यालयका प्रधानाध्यापक विमल रायमाझी धन्यवाद मन्तव्य राखेका थिए ।

