चितवन । माइतीघर माडीमा रही हाल विभिन्न क्षेत्रमा रहेका महिलाहरुको संस्था माडी माइतीघर नेपालको अध्यक्षमा बिष्णु माया तिवारी चयन हुनुभएको छ ।
संस्थाको शनिवार सम्पन्न वनभोज सहितको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट तिवारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा मनरुपा तिवारी, सचिव दुर्गाकुमारी लामिछाने, सह-सचिव भीमा पौडेल, कोषाध्यक्ष देवी शर्मा पौडेल तथा सदस्यहरुमा पवित्रा सुवेदी, देवकी न्यौपाने, यसोदा अर्याल र अमृता क्षेत्री रहनुभएको छ ।
साधारणसभा कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले माडीलाई माया गरेर संस्था नै खडा गरी लागी परेका दिदी बहिनीहरुलाई नगरपालिकाले न्यानो आतिथ्य सहित सहकार्य गर्ने बताउनुभएको थियो ।
त्यस्तै अध्यक्ष तिवारीले माडी माइतीघर नेपालको संगठनलाई अझ सुदृढ गर्दै माडी माइतीघर भएका देश बिदेशमा रहने सम्पूर्ण दिदीबहिनीलाई संगठित गर्ने बताउनुभएको थियो ।

