चितवन। चितवनमा चालु आर्थिक वर्षको पाँच महिनामा वनपैदावार चोरी निकासी गरेका १४ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा १७ जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार पक्राउ परेका उनीहरुको साथबाट ४१० दशमलब ७० क्यूफिट काठ बरामत गरिएको छ । यस्तै वन पैदावार ओसारपसारमा प्रयोग गरिएका ७ थान सवारी साधन समेत नियन्त्रणमा लिइएको छ ।
जसमा बोलेरो अटो, मोटरसाईकल र साईकल रहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनुहरुलाई मुद्दाको प्रकृति हेरी कारवाही गरीने कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले वन्यजन्तु चोरी शिकारी मुद्दामा एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । चितल मारेको अभियोगमा एउटा मुद्दा दर्ता भएको र सोही मुद्दामा एक जना पक्राउ गरिएको हो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष ३८ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरिएको छ । खनालले दिएको जानकारी अनुसार २८ वटा वन्यजन्तुको उद्धार गरिएको छ भने १० वटाको व्यवस्थापन गरिएको छ ।
चित्तल, जरायो , मलसाप्रो, चरिवाघ, अजिङ्गर जस्ता जनावरको उद्धार गरिएको छ भने चितुवा, चित्तल, वदेल, जरायो जस्ता जनावरको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

