चितवन। कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत रामपुर क्याम्पस, चितवन नेविसंघको सभापतिमा आशिष देवकोटा निर्वाचित भएका छन् । नेपाली कांग्रेस राप्ती नगर सभापति एवं उपमेयर देवेन्द्र लामाको प्रमुख आथित्यतामा सम्पन्न इकाई अधिवेशनबाट देवकोटा सभापतिमा चुनिएका हुन् ।
कार्यसमितिको वरिष्ठ उपसभापति विवेक अर्याल, उपसभापतिहरूमा आशिका भुषाल, आरती चापागाईं र प्रतिक सुनुवार चयन भएका छन् । यस्तै सचिवमा हिमाल साउद, कोषाध्यक्षमा प्रतिक्षा भुषाल, सहसचिवमा गोकुल शर्मा, अभिषेक ठाकुर र रवि रञ्जन कुसुवा चयन भएका छन् ।
सदस्यहरूमा विशाल पाण्डे, अतुल बराल, प्राचीन पौडेल, सागर ग्यावलि, ओषिका कुँवर, दिक्षा अधिकारी, मात्रिका अधिकारी, विजय कुमार सिंह, क्रियसा पौडेल, सुभेक्षा बराल, गणेश पौडेल, सन्सिला पोख्रेल, प्रज्मा श्रेष्ठ, आस्था गौतम र अनुसुया पौडेल चयन भएका छन् ।

