चितवन। आइतबार साँझ क्याम्पा चौरमा मानव सेवा आश्रमको आयोजनामा भएको नेपथ्य कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट भएको छ । रिपोर्टिङका लागि कार्यक्रम स्थलमा पुगेका आचार्यमाथि कार्यक्रम स्थलमा बसेका बाउन्सरले आक्रमण गरेका हुन् ।
पत्रकार परिचय पत्र देखाउँदा देखाउँदै पनि आफुमाथि आक्रमण भएको आचार्यले बताएका छन् । पत्रकार आचार्य पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष एबम नेपाल टेलिभिजनको चितवन संवाददाता र सौराहा अनलाईनका सञ्चालक हुन् । उनी प्रेस सेन्टर चितवनका उपाध्यक्ष समेत रहेका छन्।
आचार्य माथि भएको आक्रमणप्रति चितवनका पत्रकारहरु शान्ता अधिकारी, पुर्बी चितवन पत्रकार मन्चका अध्यक्ष होमनाथ सापकोटा ,राजु सापकोटा ,सन्त कुमार चौधरी ,कोमलचन्द्र भगत,सुर्य बराल लगायतले सामाजिक संजाल मार्फत पत्रकार माथीको आक्रमण निन्दनिय भएको भन्दै दोशी उपर कारवाही गर्न माग गरेका छन् । चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुले मानव सेवाको लागि आयोजना गरिएको उक्त कार्यक्रममा पत्रकारमाथि नै अमानविय तरिकाले आक्रमण गरिनु दुःखद र गम्भिर रहेको बताएका छन् ।
यस विषयमा नेपाल पत्रकार महासंघ चितवनले अहिलेसम्म आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन ।

