काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार तोसिमा कार्कीले अग्रता बढाउँदै लागेकी छन् ।
जारी मतगणनाको पछिल्लो परिणामानुसार उनले एक हजार ४८२ मत पाएकी छन् । यसअघि उनी तेस्रोमा थिइन् । एमालेका उमेदवार अमृत खड्काले एक हजार ४४८ मत पाएका छन् ।
यस्तै, माओवादी केन्द्रकी उमेदवार पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा छिन् ।

