चितवन । क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य उमेदवार एमालेका कृष्णभक्त पोखरेलले एमालेले हार्यो भने चुच्चे नक्सा कमजोर हुने बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा चुनाव लक्षित एमालेको विशाल सभामा बोल्दै उनले एमालेले जसरी पनि जित्नुपर्ने पोखरेलले बताए ।
चुनावमा एमालेले हार्यो भने राष्ट्रिय स्वाधीनता कमजोर हुने उनको भनाई छ। ‘चुच्चे नक्सा अनुसार हाम्रो भूमी फिर्ता ल्याउन पनि एमालेले जित्नुपर्छ। मुलुकलाइ समृद्धको दिशामा लैजान एमालेले जित्नुपर्छ,’ उनले भने ।
वृद्ध भत्ता ५ हजार पुर्याउन पनि एमालेले जित्नुपर्ने उनी बताउँछन्। ‘गठबन्धनले जिते कसलाइ प्रधानमन्त्री बनाउछ ? हाम्रो प्रधानमन्त्री त केपी ओली हो,’ उनले भने, ‘तपाईहरुको को हो ?’ मतदातालाई विवेक बन्धकमा नराख्न समेत उनलेआग्रह गरेका छन् ।

