चितवन। चितवन क्षेत्र न २ प्रदेश १ का उम्मेदवार एबम श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चितवन क्षेत्र नं. २ को विकास र समृद्धिका लागि आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । कालिका नगरपालिा वडा ९ र १० र ११ वडाका विभिन्न ठाँउमा आयोजित चुनावी भेटघाटलाई सम्बोधन गर्दै उम्मेदवार दाहालले विगतदेखी नै चितवनको विकासका लागि आवाज उठाईरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरिरहने बताएका हुन ।
आफ्नो ५ वर्षे कार्यकालमा पटक पटकप्रदेश सभामा यहाँको विकासको लागि कुरा उठाउदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने ईच्छाकामना र कालिका नगरको पहाडी क्षेत्रमा विकासमा अब मुल फुट्न सुरु भएको उल्लेख गरे । उनले यो पटक आफूले पर्यटन, कृषि र प्राविधिक शिक्षामा मुख्य जोड दिदै, सबैलाई सीपमूलक बन्न प्रेरित गर्ने खालका योजना अघि सारेको बताए । साथै उनले छिटै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालनका आफू कटिवद्ध भएको स्पष्ट पारे ।
उनले आफ्ना कार्यकालमा यहाा सडक सञ्जाल र विजुलीका काम देखिने गरिएको बताउदै शिक्षा, स्वास्थ्य, खेलकुदसहितको विकास जनता माझ प्रस्ट भएको बताए । उम्मेदवार दाहालले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पुरा गर्न जनताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए ।

