चितवन।चितवन लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार घनश्याम दाहाल (अविनाश) कालिका नगरवासीमा पुगेका छन् ।
प्रचार प्रसारका क्रममा आइतबार पूर्वी चितवनको कालिका नगरपालिकाको विभिन्न वडामा घरदैलोका लागि पुगेका उम्मेदवारदाहाललाई कालिकावासीले जितको अग्रिम शुभकामना दिएका थिए । प्रचार प्रसारमा गठबन्धनका नेता तथा कार्यकर्ताका साथै स्थानीय सर्वसाधारणको पनि उपस्थिती रहेको थियो ।

यसअघि पनि प्रदेश सासंद भएका दाहालको विकास निर्माणबाट कालिकाबासी प्रभावित छन् । क्षेत्र नम्बर २ मा चुनाव जित्न उम्मेदवारका लागि कालिकाका मतदाता निर्णायक मानिन्छन् ।
उम्मेदवार दाहाल प्रचार प्रसारका क्रममा उनीसहित समानुपातिक उम्मेदवार ईश्वर सापकोटा सुमनसहित चुनावी कमाण्डर नारायण दाहालसहितका नेताहरुले आफुलाई भोटभन्दा बढी स्थानीय बासिन्दाका समस्याहरु सोधेका थिए ।
कालिका वासीले आफुलाई हौसला दिदाँ चुनाव जित्ने आत्म विश्वास बढेको उम्मेदवार दाहालले सुनाए । उनले कालिका नगरसहित समग्र चितवनको विकासमा आफू थप नयाँ कार्यक्रम बोलेर भन्दा कामबाटै देखाउने प्रतिवद्धता जनाए । दाहालले आफूले यसअघि प्रदेश सांसद भएर कालिकाको मुहार फेरिसकेको बताउंँदै अधुरा काम सम्पन्न गर्न पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।

