चितवन । नगर क्षेत्रमा सडक तथा सामुदायिक कुकुरहरुको संख्या बढ्दै गएको अवस्थामा माडी नगरपालिकाले कुकुरहरुको बन्ध्याकरण शिशिर सञ्चालन गर्दैछ ।
हार्ट नेपालको प्राविधिक सहयोगमा माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाले भोलिदेखि ३ दिनसम्म कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गर्न लागेको हो । कार्तिक २१ गतेबाट सुरु भएको शिविर २३ गते सम्म सञ्चालन हुने छ ।
सडक कुकुरहरुको संख्या नियन्त्रण तथा व्यवस्थापनको लागि माडी भेटेरिनरी अस्पताल, बसन्तपुरमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्न लागिएको शाखाका प्रमुख डा. रविन बस्ताकोटीले जानकारी दिनुभयो ।
बन्ध्याकरणले भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्ने र कुकुरकै कारण हुने दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको डा. बस्ताकोटीले बताउनुभयो । शिविरमा आफ्ना घरपालुवा वा वरपरका सडक कुकुर ल्याई बन्ध्याकरण गराउन शाखाले अनुरोध गरेको छ ।

