मलेखु । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि बिभिन्न अस्पताल लगिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ।

