चितवन ।नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ हुनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहनु भएका उहाँलाई चक्कर लागेपछि उपचारका लागि चितवनस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भर्ना हुनु भएको उहाँ निकट स्रोतले जनाएको छ ।
अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उहाँलाई चक्कर लागेको थियो । तर अहिले उहाँको होस आएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. मनोहर प्रधानले कोइरालाको स्वास्थ्य राम्रो भएको बताउनु भयो । उहाँले भन्नुभयो “डा.कोइरालाको स्वास्थ्य अहिले राम्रो भएको छ, धपेडीले चक्कर लागे जस्तो भएको हो ।”

