काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेलायतको कन्जर्भेटिभ पार्टीका नेता तथा आगामि प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।
सामाजिक सन्जाल ट्विटरमा एक पोस्ट लेख्दै प्रधानमन्त्री देउवाले सुनकलाई बधाई दिएका हुन् ।
बधाई दिँदै देउवाले लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई थप अगाडि बढाउन मिलेर काम गर्न आफू तत्पर रहेको देउवाले बताएका छन् ।
४५ दिनअघि बेलायती प्रधानमन्त्रीको सपथ लिएकी लिज ट्रसले राजीनामा दिएपछि सुनक बेलायती प्रधानमन्त्री बन्दै छन् । उनका आमाबाबु दुवै भारतीय मूलका हुन् ।

