चितवन । लक्की मिडिया हाउस चितवनले भरतपुरमा आइएसएमटी साँगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरमा रहेको धावन पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहेको थियो ।लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले साँगीतिक साँझमा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रममा संचारउद्यमी नवीनराज पौडेललाइ सम्मान गरिएको थियो ।
नेपाली साँगीतिक क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित गायक कार्की तथा गायिका वन्दनालाई सम्मान गरिएको थियो । साँगीतिक क्षेत्रलाई प्रर्वद्धन गर्ने र नेपालीहरुको महान पर्वको अवसर पारेर यो बिशेष कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक कार्कीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल ’अविनाश’ रहनुभएको थियो । बिशेष अतिथि बरिष्ठ फिजिसियन तथा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी रहनुभएको थियो ।
प्याब्सनको बागमती प्रदेश सदस्य इन्दिरा पन्त कार्की बिशिष्ठ अतिथी रहनुभएको थियो । लक्की मिडिया हाउस चितवनका निर्देशक हेमन्त केसी ’हरि’ कार्यक्रम संयोजक रहेको कार्यक्रम चर्चित संचारकर्मी दिनेश श्रेष्ठ ’पासा’ले गर्नुभएको थियो ।
स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ ।

