चितवन। भरतपुर महानगरले ४३ औ विश्व पर्यटन दिवसको अवसरमा भरतपुर देखि बीस हजारी तालसम्म साइकल यात्रा गरेको छ । महानगरले आज (मंगलबार) रामसार सुचिमा सुचिकृत भरतपुरको बीस हजारी ताल सम्मको साइकल यात्रा गरेको हो ।
सेप्टेम्बर २७ तारिखलाइ बिश्व पर्यटन दिवसको रुपमा मनाउँदै आइएको उक्त दिवसमा यस वर्ष “पर्यटनलाई पुर्ण बिचार”भन्ने नारालाई लिएर आज पर्यटन दिवस मनाइएको हो।
कार्यक्रममा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगर द्वारा प्रकाशित महानगरमा अवस्थित लेकसाइट सर्किटको सक्षिप्त चिनारी नामक ब्रोसरको बिमोचन गरेका छन्।
कार्यक्रममा बोल्दै उप प्रमुख चित्रसेन अधिकारीले २००३ सालमा रामसार सुचीमा सुचिकृत भएको बीस हजारी ताल चितवनको मात्रै गहना नभएर बिश्व कै बहुमुल्य सम्पत्ति भएको बताए । नेपालमा भएका पर्यटकिय गन्तव्यहरुको बारेमा थप प्रचार प्रसार गर्न सकिएको खण्डमा नेपालले बिदेशी पर्यटक र मुद्रा आर्जनमा ठूलो फड्को मार्नेमा बिश्वास समेत व्यक्त गर्नु गरे उनले बीस हजारी तालको सरक्षणमा जुट्न सबैमा आग्रह गरे ।
साइकल यात्रामा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी, सबै वडाका वडा अध्यक्षहरु, उद्योग वाणिज्य सघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, उपाध्यक्ष सुमन श्रेष्ठ , पर्यटन बिद डा बिश्व सुबेदि,समाजसेवी दिनेश कुमार चके,वे ग्रुप नेपालका प्रतिनिधि,बनदेबी बरण्डा भारका अध्यक्ष तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत लगाएतको उपस्थिति रहेको थियो ।
२०५२ सालदेखि चर्चामा आएको यस तालको कूल क्षेत्रफल ५ हजार ७ सय ८१ हेक्टर रहेको छ। भरतपुरबाट करिब ९ किलोमिटर अर्थात बीस हजार फिटको दूरीमा रहेको तालको छेउछाउमा गैंडा, जरायो, चित्तल आदि जनावरहरु सहजै देख्न सकिन्छ ।
यसका अलावा १ सय २५ प्रकारका चराहरु, मगर गोही तथा २५ देखी ३० प्रकारका माछाहरु पनि यसै तालमा पाइन्छन्। यो ताललाई सिमसार क्षेत्रमा समेत राखिएको छ। वि.स. २०२२ सालमा पुर्वी चितवनबाट ल्याइएको नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामाकरण गरिएको हो । नेपाल सरकारले छनौट गरेका नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा बीस हजारी ताल पनि परेको छ ।
हरियाली वातावरण, अनेक ताल, जीवजन्तु बिशेषगरी भिभिन्न प्रकारका चराहरुले यहाको सौन्दर्य बढाएको छ । तालमा बर्षेनि ठूलो सख्यामा विभिन्न राष्ट्रबाट मौसमी चराहरु बसाइ सरि आउने गर्दछन । तालसम्म पुग्दा जङ्गली जनावरका साथै बिभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ ।
ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातीका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा रहेको तथ्यांक छ । यसका साथै यो आन्तरिक तथा वाह्य पर्यटनको लागी समेत प्रसिद्ध रहेको छ ।

