चितवन। भरतपुर महानगरले महँगी नियन्त्रणका लागि बजार अनुगमन थप रफ्तारमा अगाडी बढेको छ । महानगरका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गरिएको हो l
भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका अधिकृत ठानेश्वर सापकोटाका अनुसार
इन्धनकाे मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाकाे मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिनका लागी भरतपुर महानगर गत भदौ महिना देखि बजार अनुगमनमा सक्रिय रुपमा लागेको छ ।

सापकोटा थप्छन अनुगमनको मुख्य काम भनेको भरतपुर महानगरको उद्देश्य कालोबजारी नियन्त्रण गर्नु, मिसावट भएको बस्तुहरुको बिक्रीवितरणमा रोक लगाउनु, महंगी नियन्त्रण गर्नु, दर्ता नगर्ने पसलहरु सन्चालनमा रोक लगाउनु, अनिवार्य मूल्य सुची लगाउनु लगाएतका रहेका छन ।

महानगरले आज बुधबार भरतपुर २९ जुगेडि बजारमा अनुगमन गरेको छ । जुगेडी बजारमा रहेका १५ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको हो । वडा न २९ का अध्यक्ष सुर्य बहादुर गुरुङले निरन्तर बजार अनुगमन गर्न जरुरी रहेको बताए ।
आज भएको अनुगमनमा न्यौपाने खाजा घरमा रहेको म्याद नाघेका खाद्य सामाग्री बरामद गरि नस्ट गरिएको छ, भने १५ वटा क्यान बियर बरामद गरि नस्ट समेत गरिएको वडा सदस्य सेतु गुरुङले जानकारी दिए । गुरुङका अनुसार हरेक जसो पसलमा लापरबाही भेटिएको छ , अब हामी निरन्तर बजार अनुगमनमा लाग्छौ । अनुगमनकै क्रममा पन्डित स्टाफ होटलमा ५० जनालाइ पुग्ने बासी खाना नस्ट गरिएको छ भने ३० वटा क्यान बियर पनि बरामद गरि वडा सदस्यहरुको रोहबरमा नस्ट गरिएको छ ।

होटल ब्यबसायी सघ चितवनका उपाध्यक्ष कमला गुरुङ समय समयमा चेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको तर्क गर्छिन । कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाड्ने भरतपुर महानगर राजस्व शाखाका अधिकृत चन्द्रकला शर्माले बताइन ।

आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्ने गरी गुणस्तरहीन अखाद्य वस्तु उत्पादन तथा बिक्रीगर्ने कुनै पनि दोषिमाथि कडा कारबाही थालिएको छ,उपभोक्ता अधिकार सरक्षण मन्च चितवनका उपाध्यक्ष बिस्णु भुसालले भने ।

जनताको आँखामा छारो हालेर स्वास्थ्यसँग खेलवाड हुने गरी गुणस्तरहीन अखाद्य वस्तु बिक्री गर्ने व्यापारिक प्रतिष्ठान र उद्योगीलाई कारबाही गर्ने महानगरले चेतावनी समेत दिदै आइरहेको छ ।

