चितवन । माडीमा सोमबार स्कुटर दुर्घटनाबाट गम्भिर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका १ सेरुवा निवासी बर्ष २६ का अमित कुमार महतोको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार सोमबार राती माडीको सेरुवामा महतोले चलाएको प्रदेश २००४ प ४२५ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आइरहेको माडी–२ सितलपुर निवासी बर्ष १७ का शुशिल अधिकारीले चलाएको बागमती प्रदेश २–००४ प ४२५ नं.को स्कुटरले ठक्कर दिएको थियो ।
दुर्घटनामा दुबै चालक गम्भीर घाइते भएका थिए । दुबै घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको थियो । अर्र्का घाइते अधिकारीको स्वास्थ्यमा सुधार भइरहेको प्रहरीले जनाएको छ ।

