चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित २९ जना प्रमुख र उपप्रमुख पदका उमेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएपछि उनीहरुलाई आयोगले जरिवाना तोकेको हो ।
स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिनभित्र विवरण बुझाउनु पर्ने आयोगको नियम छ । उक्त समयमा खर्च विवरण बुझाउन अटेरी गरेपछि जनही साढे सात लाखका दरले उमेदवारहरु जरिवानामा परेका हुन् ।
आयोगले निर्वाचन खर्च विवरण बुझाउन सूचना प्रकाशित गर्दा सूचनाको बेवास्ता गरी स्पष्टिकरण समेत नदिएपछि देशभरका उमेदवारलाई जरिवाना तोकेको हो ।
निर्वाचन आयोग ऐनमा यसरी जरिवाना तोकिएको ६ महिनाभित्र नतिरेमा बहाल रहेको पद जाने र पराजित उम्मेदवारले विवरण नबुझाए आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ ।
निर्वाचन आयोगका अनुसार भरतपुर महानगरबाट महानगर प्रमुख दाहादसहित जरिवानामा पर्ने उमेदवारको नाम यसप्रकार रहेको छ ।



