चितवन । राइड सेयरिङ ‘पठाओ’ले चितवनमा सेवा विस्तार गर्ने भएको छ । उपत्यकामा व्यापार खस्कँदै गएपछि पठाओले लागी चितवनलाई टार्गेट बनाएको हो ।
चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने पठाओकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।
यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् ।
‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’
चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लू बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने प्रवक्ता हमालले जानकारी दिइन् ।

