चितवन। चितवनमा नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने एक पक्राउ परेका छन् ।
प्रहरीले भदौ ३१ गते भरतपुर महानगरपालिका–१० वीरेन्द्र क्याम्पस चोकस्थित सडक छेउमा उभिरहेको अवस्थामा सिन्धुलीको दुधौली नगरपालिका वडा नं १२ घर भएको ३९ वर्षी बीरबहादुर घिसिङलाई पक्राउ गरेको हो ।
नारायणगढ र भरतपुर बजार क्षेत्रमा महिला वर्गलाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई उनीहरुले लगाएको सक्कली सुनसंग साट्ने गरेको गुनासो आएपछि प्रहरीले खोजी अभियान थालेको थियो ।
घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ, बाहिर एक हजारको नोट र भित्र रु,१० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आइतबार चितवन जिल्ला अदालतबाट ठगी उद्योगमा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

