चितवन । जिल्ला प्रहरी कार्यालय नवलपरासीले आत्महत्या न्यूनिकरणका लागि सचेतना कार्यक्रम गरेको छ ।
प्रहरीले नवलपरासी ३ रामग्राममा आज (आइतबार) एक कार्यक्रम गरी बढ्दो रुपमा रहेको आत्महत्याको दरलाई न्यूनिकरण गर्न आम नागरिकलाई सचेत गराएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादबले संयुक्त रुपमा गमलामा जल सेचन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता भोजराज पाण्डेयले आत्महत्या न्यूनीकरणका उपायहरुको बारेमा प्रस्तुतीकरण गरे ।
उक्त कार्यक्रममा रामग्राम नगर प्रमुख धनपत यादव, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका विद्यार्थी लगायत ४०० जनाको उपस्थिती रहेको थियो ।

