चितवन । इच्छाकामना गाउँपालिकाले शारीरिक अपाङ्गता भएका १५ व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । शुक्रबार कुरिनटारमा आयोजित एक कार्यक्रममा उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले उनीहरुलाई सहायता सामग्री वितरण गर्नुभएको हो ।
शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउनका लागि ती सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । “पहिलो चरणमा करिब रु पाँच लाखको सहायता सामग्री खरिद गरेर वितरण गरेका छौँ”, उपाध्यक्ष सिलवालले भन्नुभयो, “आवश्यकता परे थप बजेट व्यवस्था गरेर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्नेछौँ”, सहायता सामग्रीमा कम्बोड टर्वाइलेट कुर्ची, वैशाखी, इलेक्ट्रिक म्याट, ह्विल चियरलगायत सामग्री छन् ।

