चितवन । माडी नगरपालिकाले आगामी असोज २ गते अर्थात भोलि का लागि नगरक्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ। नगरपालिकाले थारु जातिको जितिया पर्वको अवसरमा आफ्नो नगर क्षेत्रमा भोलि आइतबारका लागि सार्वजनिक बिदा दिएको हो ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा थारुहरुको बाहुल्यता भएको यस क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिए ।

